Breaking News
दियोबाट आगलागी हुँदा ललितपुरमा एकै परिवारका चार जनाको मृत्यु
०

काठमाडौँ, कात्तिक २०–
दियोबाट सल्किएको आगलागीले ललितपुरस्थित पाटनको मंगलबजारमा एकै परिवारका चार जनाको मृत्यु भएको छ ।
महानगरीय प्रहरी कार्यालय, रानीपोखरीका प्रमुख एआईजी हरिबहादुर पालका अनुसार शुक्रबार साँझ आगलागी हुँदा एकै परिवारका चार जनाको मृत्यु भएको हो । मृत्यु हुनेमा लक्ष्मीकृष्ण ताम्राकार, उनकी छोरी अञ्जना ताम्राकार, बुहारी रञ्जना ताम्राकार र नाती निर्जल ताम्राकार रहेका छन् । प्रहरी र स्थानीयले पाँच जनाको उद्दार गरेका छन् ।
ललितपुर प्रहरी प्रमुख एसएसपी किरण बज्राचार्यका अनुसार घरको तेस्रो तलामा दियोबाट आगो सल्किएको हुनसक्ने प्रारम्भिक अनुसन्धानबाट देखिएको छ ।
तपाइको प्रतिक्रिया दिनुहोस्
Leave a Reply
सम्बन्धित समाचार
लोकप्रिय समाचार
ताजा समाचार
छुटाउनु भयो कि?
>
























