क्रिकेट
टि–२० विश्वकपः भारतविरुद्ध स्कटल्याण्ड ८५ रनमै अलआउट
०

काठमाडौँ, कात्तिक १९–
युएईमा जारी टि–२० विश्वकपमा अन्तरगत भारतविरुद्धको महत्वपूर्ण खेलमा स्कटल्याण्ड ८५ रनमै अलआउट भएको छ ।
टस हारेर पहिले व्याटिङ गरेको स्कटल्याण्ड १७.४ ओभरमा ८५ रनमा अलआउट भयो । स्कटल्याण्डका लागि जर्ज मुन्सेले २४, माइकल लीस्कले २१, म्यनकलोडले १६ र मार्क वाटले १४ रन बनाउनु बाहेक अन्य व्याटरहरुले दोहोरो अंक जोड्न सकेनन् ।
स्कटल्याण्डलाई सस्तैमा समेट्न मोहम्मद शमी र रविन्द्र जडेजाले समान ३/३ विकेट लिए भने जसप्रित बुमराहले २ र रविचन्द्रन आश्विनले एक विकेट लिए । आजको खेलमा भारत भारी अन्तरले जित्नै पर्ने दवाबमा छ । नेटरनरेटमा कमजोर रहेकाले भारतलाई जित मात्र नभई भारी अन्तरमा जित आवश्यक रहेको छ ।
तपाइको प्रतिक्रिया दिनुहोस्
Leave a Reply
सम्बन्धित समाचार
लोकप्रिय समाचार
ताजा समाचार
छुटाउनु भयो कि?
>
























