समाज

स्कुटरलाई मिनीट्रकले ठक्कर दिदा भाइको मृत्यु, दिदी घाइते

Banner

सुर्खेत,कार्तिक १८-

रत्न राजमार्ग अन्तरगत वीरेन्द्रनगरको झुप्रा नजिक मीनि ट्रकले स्कुटरलाई ठक्कर दिदाँ एकाको मृत्यु भएको छ । भेरीगंगा नगरपालिका छिन्चु देखि वीरेन्द्रनगर आउँदै गरेको कर्णाली प्रदेश ०२००१ प ७६६१ नम्बरको स्कुटरलाई वीरेन्द्रनगरबाट नेपालगन्ज तर्फ जाँदै गरेको कर्णाली प्रदेश ०२००१ क ०१२४ नम्बर मिनीट्रकले टक्कर दिदाँ एकको घटना स्थलमै मृत्यु भएको सुर्खेत प्रहरीले जनाएको छ ।

दिदीभाइ सवार रहेको स्कुटरमा मृत्यु हुँनेमा स्कुटरका चालक भेरीगंगा नगरपालिका–११ का २६ वर्षका रविन राना रहेको जिल्ला ट्राफिक प्रहरी कार्यलय सुर्खेतले जनाएको छ। घाइते उनको ३२ वर्षको दिदी रानी रानालाई उपचारको लागि प्रदेश अस्पताल कालागाँउमा लगिएको छ ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>