देश/प्रदेश
कांग्रेस केन्द्रीय समिति बैठक बस्दै
०

काठमाडौं, साउन २६-
नेपाली कांग्रेसको केन्द्रीय समिति बैठक आज (मंगलबार) बस्दैछ । बैठक आज बिहान ११ः३० बजे पार्टी केन्द्रीय कार्यालयमा बस्ने भएको हो ।
कांग्रेस सभापति गगनकुमार थापाको सभापतित्वमा आइतबारदेखि सुरु भएको बैठकमा केन्द्रीय सदस्यहरूले आ–आफ्ना धारणा राखिरहेका छन् । सोमबारको बैठकमा २२ जना केन्द्रीय सदस्यले धारणा राखेका थिए ।
बैठकमा समसामयिक राजनीतिक, आर्थिक तथा जनजीविकासँग सम्बन्धित विषयमा छलफल भइरहेको छ ।
तपाइको प्रतिक्रिया दिनुहोस्
Leave a Reply
सम्बन्धित समाचार
छुटाउनु भयो कि?
>

























