चितवन विशेष

भरतपुरको जागृती चोकमा झण्डै दुई करोड लागतमा बन्ने सहकारी मार्टको शिलान्यास

Banner

चितवन, कात्तिक १६-

भरतपुर महानगरपालिका–११ जगृतिचोकमा झण्डै दुई करोड लागतमा जनचेतना बहुउद्देश्यीय सहकारी मार्ट बन्ने भएको छ ।

सहकारीका अध्यक्ष अच्युत कोइराला र सहकारीका कर्जा संयोजक शिवहरि घिमिरेले संयुक्तरुपमा सोमबार सो मार्ट निर्माण कार्यको शिलान्यास गरेका हुन् ।

सपिङ सेन्टरको डिजाइनमा तयार गरिने यो मार्ट निर्माणको काम तीन महिनामा सकिने मार्ट निर्माण समितिका अध्यक्ष शिवहरि घिमिरेले नारायणी अनलाइनलाई जानकारी दिए । उनले भने, ‘ भरतपुरको बाइपास रोडमा रहेको जनचेतना बहुउद्देश्यीय सहकारीले भरतपुरको पार्वतीपुरमा मिल पनि सञ्चालन गर्दै छ । मिलमा उत्पादित स्थानीय वस्तुलाई मार्टमा बिक्री गरिने योजना छ ।’

 

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>