अटो

नारायणगढमा नविन अटोले सार्वजनिक गर्‍यो ‘एफजेड भि थ्री कनेक्ट एक्स’

०
Banner

चितवन, कात्तिक १५–

यामाहा मोटरसाइकलको चितवनको लागि आधिकारिक विक्रेता नविन अटो सेन्टरले औपचारिक रुपमा यामाहाको एफजेड भि थ्री कनेक्ट एक्स मोडलको मोटरसाइकल सार्वजनिक गरेको छ ।

सोमबार नारायणगढस्थित लायन्सचोकमा रहेको शोरुमा उद्योग वाणिज्य संघका द्धितीय उपाध्यक्ष चिरन्जिबी सुवेदी र नविन अटो सेन्टरका प्रवन्ध निर्देशक कपिल सागर कर्माचार्यले नयाँ मोडलको मोटरसाइकल सार्वजनिक गर्नुभएको हो । नविन अटो सेन्टरका बिजनेश हेड राजु स्वर्णकारले संचालन गर्नुभएको कार्यक्रममा अतिथिहरुको बाक्लो उपस्थिति रहेको थियो ।

आफ्नो समयका बाइकहरू भन्दा सदैव अगाडि रहन सफल यामाहा हरेक पल्ट आफ्ना शैली र कार्य क्षमतामा केही सुधार गर्दै बजारमा आउने गरेको छ । यस पटक डिजिटलाइज र गतिशील पुस्तालाई यसको सुविधाहरूद्वारा अझ धेरै लाभान्वित पुर्‍याउने लक्ष्य राख्दै एफ जेड एस भि थ्री एक्स कनेक्ट डिजाइन गरिएको हो । एफ जेड भि–थ्री रातो, नीलो, हरियोको बजार मूल्य ३ लाख ७९ हजार ९ सय र कालोको ३ लाख ८९ हजार ९ सय रुपियाँ नेपाली बजार मूल्य रहेको छ । यस बाइको सबैभन्दा ठूलो सुविधा भनेको यसमा जडित ब्लुटुथ रहेको छ । जसमार्फत गुगल प्लेस्टोर र आइ ओ एसमा पाइने ‘यामाहा मोटरसाइकल कनेक्ट एक्स’ निः शुल्क डाउनलोड गरी बाइकको स्मार्ट मोडका विविध जीवन सुलभ बनाउने सुविधा लिन सकिने नविन अटो सेन्टरका प्रवन्ध निर्देशक कपिल सागर कर्माचार्यले जानकारी दिनुभयो ।

के–के छ सुविधा ?

–ब्लुटुथको प्रविधिको पहिलो सुविधा रहेको छ ‘एन्सर ब्याक’ । यो सुविधाद्वारा बाइकको इन्डिकेटर झिमिकझिमक बल्न थाल्नेछ र हर्न बज्न थाल्नेछ, जसले गर्दा चालक आफ्नो साधन कहाँ राखिएको छ भनेर बिना कुनै झन्झट थाहा पाउनसक्नेछ ।

–यस प्रविधिको दोस्रो सुविधा रहेको छ, ‘इ–लक’ व्यवस्था । यो प्रविधिको रोचक कुरा के छ भने यदी तपाईँले इ–लक प्याट्रन राख्नुभएको छ भने कसैले तपाईँको मोटरसाइकलको चाबीले मात्र तपाईँको बाइक चालु गर्न सक्नेछैन यदी सो व्यक्तिलाई तपाईँको गोप्य अनलक प्यट्रन थाहा नभइन्जेलसम्म । ‘इ–लक’ प्याट्रन मूलतः आफ्नो मोटरसाइकल चोरी हुनबाट बचाउने उपयोगी सुविधा भएको बताउछन् यसका उपभोक्ताहरू ।

–‘लोकेट माइ बाइक’ ब्लुटुथको अर्को सुविधा रहेको छ । यो फिचर मोबाइल एपमा क्लिक गरेमा बाइकको इन्डिकेटर १० सेकेण्डस्सम्म लगातार बल्ने छ । विशेषगरी यो फिचर चालकले भिड पार्किङमा अवस्थित आफ्नो मोटरसाइकल सजिलै चिन्नमा उपयोगी रहनेछ ।
–त्यसैगरी ‘राइडिङ्ग हिस्ट्री’ यसको चौँथो ब्लुटुथ सुविधा हो । ‘राइडिङ्ग हिस्ट्री’द्वारा आफूले गरेको हरेक यात्राको विवरण अभिलेख गर्न र हेर्न सक्नेछन् ।

–‘पार्किङ रेकर्ड’ पाँचौ सुविधा रहेको छ जसद्वारा बाइक धनीले आफू रहेको स्थानबाट पार्किङ स्थानको नक्सा पाउनसक्नेछ । यसको छैटौँ सुविधा रहेको छ ‘हजार्ड’ ।

–‘हजार्ड’ बटन दबाएपछि सबै इन्डिकेटरहरू लगातार झिम्कन थाल्नेछन् जुन अति आकस्मिक अवस्थाका बेला सडकमा रहेका अन्य सहयात्रीलाई सतर्क रहन सूचित गर्न उपयोगी हुनेछ ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>