अटो

नारायणगढमा नविन अटोले सार्वजनिक गर्‍यो ‘एफजेड भि थ्री कनेक्ट एक्स’

Banner

चितवन, कात्तिक १५–

यामाहा मोटरसाइकलको चितवनको लागि आधिकारिक विक्रेता नविन अटो सेन्टरले औपचारिक रुपमा यामाहाको एफजेड भि थ्री कनेक्ट एक्स मोडलको मोटरसाइकल सार्वजनिक गरेको छ ।

सोमबार नारायणगढस्थित लायन्सचोकमा रहेको शोरुमा उद्योग वाणिज्य संघका द्धितीय उपाध्यक्ष चिरन्जिबी सुवेदी र नविन अटो सेन्टरका प्रवन्ध निर्देशक कपिल सागर कर्माचार्यले नयाँ मोडलको मोटरसाइकल सार्वजनिक गर्नुभएको हो । नविन अटो सेन्टरका बिजनेश हेड राजु स्वर्णकारले संचालन गर्नुभएको कार्यक्रममा अतिथिहरुको बाक्लो उपस्थिति रहेको थियो ।

आफ्नो समयका बाइकहरू भन्दा सदैव अगाडि रहन सफल यामाहा हरेक पल्ट आफ्ना शैली र कार्य क्षमतामा केही सुधार गर्दै बजारमा आउने गरेको छ । यस पटक डिजिटलाइज र गतिशील पुस्तालाई यसको सुविधाहरूद्वारा अझ धेरै लाभान्वित पुर्‍याउने लक्ष्य राख्दै एफ जेड एस भि थ्री एक्स कनेक्ट डिजाइन गरिएको हो । एफ जेड भि–थ्री रातो, नीलो, हरियोको बजार मूल्य ३ लाख ७९ हजार ९ सय र कालोको ३ लाख ८९ हजार ९ सय रुपियाँ नेपाली बजार मूल्य रहेको छ । यस बाइको सबैभन्दा ठूलो सुविधा भनेको यसमा जडित ब्लुटुथ रहेको छ । जसमार्फत गुगल प्लेस्टोर र आइ ओ एसमा पाइने ‘यामाहा मोटरसाइकल कनेक्ट एक्स’ निः शुल्क डाउनलोड गरी बाइकको स्मार्ट मोडका विविध जीवन सुलभ बनाउने सुविधा लिन सकिने नविन अटो सेन्टरका प्रवन्ध निर्देशक कपिल सागर कर्माचार्यले जानकारी दिनुभयो ।

के–के छ सुविधा ?

–ब्लुटुथको प्रविधिको पहिलो सुविधा रहेको छ ‘एन्सर ब्याक’ । यो सुविधाद्वारा बाइकको इन्डिकेटर झिमिकझिमक बल्न थाल्नेछ र हर्न बज्न थाल्नेछ, जसले गर्दा चालक आफ्नो साधन कहाँ राखिएको छ भनेर बिना कुनै झन्झट थाहा पाउनसक्नेछ ।

–यस प्रविधिको दोस्रो सुविधा रहेको छ, ‘इ–लक’ व्यवस्था । यो प्रविधिको रोचक कुरा के छ भने यदी तपाईँले इ–लक प्याट्रन राख्नुभएको छ भने कसैले तपाईँको मोटरसाइकलको चाबीले मात्र तपाईँको बाइक चालु गर्न सक्नेछैन यदी सो व्यक्तिलाई तपाईँको गोप्य अनलक प्यट्रन थाहा नभइन्जेलसम्म । ‘इ–लक’ प्याट्रन मूलतः आफ्नो मोटरसाइकल चोरी हुनबाट बचाउने उपयोगी सुविधा भएको बताउछन् यसका उपभोक्ताहरू ।

–‘लोकेट माइ बाइक’ ब्लुटुथको अर्को सुविधा रहेको छ । यो फिचर मोबाइल एपमा क्लिक गरेमा बाइकको इन्डिकेटर १० सेकेण्डस्सम्म लगातार बल्ने छ । विशेषगरी यो फिचर चालकले भिड पार्किङमा अवस्थित आफ्नो मोटरसाइकल सजिलै चिन्नमा उपयोगी रहनेछ ।
–त्यसैगरी ‘राइडिङ्ग हिस्ट्री’ यसको चौँथो ब्लुटुथ सुविधा हो । ‘राइडिङ्ग हिस्ट्री’द्वारा आफूले गरेको हरेक यात्राको विवरण अभिलेख गर्न र हेर्न सक्नेछन् ।

–‘पार्किङ रेकर्ड’ पाँचौ सुविधा रहेको छ जसद्वारा बाइक धनीले आफू रहेको स्थानबाट पार्किङ स्थानको नक्सा पाउनसक्नेछ । यसको छैटौँ सुविधा रहेको छ ‘हजार्ड’ ।

–‘हजार्ड’ बटन दबाएपछि सबै इन्डिकेटरहरू लगातार झिम्कन थाल्नेछन् जुन अति आकस्मिक अवस्थाका बेला सडकमा रहेका अन्य सहयात्रीलाई सतर्क रहन सूचित गर्न उपयोगी हुनेछ ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>