Breaking News

पछिल्लो २४ घण्टामा ५३३ जनामा संक्रमण पुष्टि, नौँ जनाको मृत्यु

Banner

काठमाडौँ, कात्तिक १५-
नेपालमा पछिल्लो २४ घण्टामा ५३३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

स्वस्थ्य तथा जनसंख्या मन्त्रालयको अनुसार ७ हजार ४६८ जनाको पीसीआर परीक्षण गर्दा ४४१ जना र ४ हजार १९६ जनाको एन्टिजेन परीक्षण गर्दा ९२ गरी ५३३ जनामा कोरोना संक्रमण पुष्‍टि भएको हो ।

त्यस्तै गत २४ घण्टामा थप ९ जनाको कोरोना संक्रमणबाट मृत्यु भएको छ भने ४९० जना निको भएर घर फर्किएका छन् ।

नयाँ संक्रमित थपिएसँगै नेपालमा कोरोना संक्रमितको कुल संख्या ९ लाख ७ हजार ६३८ पुगेको छ । जसमध्ये हालसम्म ७ लाख ९२ हजार २७७ जना संक्रमणमुक्त भएका छन् भने ११ हजार ४१६ जनाको मृत्यु भएको छ ।

मन्त्रालयका अनुसार देशभर देशभर ९ हजार ३१८ जना सक्रिय संक्रमित रहेका छन् भने ८ हजार ५९८ जना होम आइसोलेसनमा रहेका छन् ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>