चितवन विशेष

चितवनका अग्रज पत्रकार वीरेन्द्रमणि पौडेल नेकपा एमालेमा प्रवेश

Banner

चितवन, कात्तिक १५-

चितवनका अग्रज पत्रकार वीरेन्द्रमणि पौडेल नेकपा एमालेमा प्रवेश गरेका छन् ।

नेकपा एमालेको भरतपुर महानगरको आज भएको प्रथम महाधिवेशनको उद्घाटन शत्रमा उनी एमालेमा प्रवेश गरेका हुन् । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले पत्रकार पौडेललाई माला लगाइदिएर एमालेमा स्वागत गरेका हुन् ।

पौडेल विगत ३० वर्षदेखि चितवनको पत्रकारिता क्षेत्रमा सक्रिय रहँदै आएका छन् । उनले कार्यक्रममा विगत धेरै वर्षदेखि नेपालको राजनीतिक दलहरुको बारेमा अध्ययन गर्दै आएको एमाले झन् झन् शक्तिशाली र बलियो बन्दै गएको विचार राखे । उनले केपी ओलीको कामबाट प्रेरित भएर एमालेमा प्रवेश गरेको विचार राखे । उनी ‘नारायणी टुडे’ मासिकको सम्पादक तथा प्रकाशक हुन् ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>