Breaking News
नेपाली क्रिकेटको मुख्य प्रशिक्षकका लागि ६० जनाले दिए आवेदन
०

काठमाडौँ, कात्तिक १५–
नेपाली पुरुष राष्ट्रिय क्रिकेट टिमको मुख्य प्रशिक्षकका लागि ६० जनाको आवेदन परेको छ ।
नेपाल क्रिकेट संघ (क्यान)ले आज (सोमबार) ६० जनाको आवेदन परेको जानकारी गराएको हो । क्यानले केही दिन पहिले मुख्य प्रशिक्षकको लागि आवदेन खुलाएको थियो ।
नेपाल क्रिकेट संघ (क्यान)ले गठित छनोट समितिले छनोटमा परेका उम्मेदवारको केही दिनभित्र अन्तर्वार्ता लिने भएको छ । ओमान भ्रमणमा रहेकै बेला मुख्य प्रशिक्षक डेभ वाटमोरले राजीनामा दिएपछि क्यानले नयाँ मुख्य प्रशिक्षकको लागि प्रक्रिया अघि बढाएको थियो ।
तपाइको प्रतिक्रिया दिनुहोस्
Leave a Reply
सम्बन्धित समाचार
लोकप्रिय समाचार
ताजा समाचार
छुटाउनु भयो कि?
>
























