Breaking News
कोरोनाले बन्द भएका देवघाटका सबै मठमन्दिर खुला, स्वास्थ्य मापदण्ड भने अपनाउन अनुरोध
०

चितवन, कात्तिक १४-
देवघाट क्षेत्र विकास समितिले कोरोनाले बन्द रहेका देवघाट क्षेत्रमा रहेका सबै मठमन्दिरहरु खोल्ने निर्णय गरेको छ ।
क्षेत्र विकास समितिले आज एक सूचना सार्वजनिक गर्दै सो जानकारी गराएको हो । सूचनामा देवघाट क्षेत्र विकास समितिको कार्यसम्पादन समितिको शुक्रबार बसेको बैठकले सबै मठमन्दिर खोल्ने निर्णय गरेको उल्लेख गरिएको छ ।
सूचनामा भनिएको छ, ‘ स्वास्थ्य मापदण्ड अपनाई सम्पूर्ण मठ, मन्दिर, गुम्बा, धर्मशाला, आश्रम र स्नानस्थललगायतका धार्मिक तथा सार्वजनिक स्थलहरु खुला भएकोले सम्पूर्ण तीर्थयात्री, आगन्तुकलगायत सबैको जानकारीको लागि यो सूचना प्रकाशन गरिएको छ ।’

तपाइको प्रतिक्रिया दिनुहोस्
Leave a Reply
सम्बन्धित समाचार
लोकप्रिय समाचार
ताजा समाचार
छुटाउनु भयो कि?
>
























