चितवन विशेष

पृथ्वीनारायण सामुदायिक हस्पिटलमा लायन्सको स्वास्थ्य शिविर

Banner

चितवन, कात्तिक १४–

लायन्स क्लब अफ चितवन रोयल मिड टाउनले गोरखामा निःशुल्क स्वास्थ्य शिविर सम्पन्न गरेको छ । पृथ्वीनारायण सामुदायिक हस्पिटल छेपेटार, गोरखामा शनिबार निःशुल्क स्वास्थ्य शिविर सम्पन्न गरिएको हो।

शिबिरमा २१० जनाले निःशुल्क स्वास्थ्य जाँच गराएका थिए । जस मध्ये ९७ जनाले मधुमेह जाँच र ११३ जनाले हाडजोर्नी तथा नसा रोग सम्बन्धि जाँच गराएका थिए।

कार्यक्रम अस्पतालका अध्यक्ष सिताराम थापा मगरको प्रमुख आतिथ्यता एवं लायन्स क्लब अफ चितवन रोयल मिड टाउनका अध्यक्ष आनन्द बाबु पाण्डेको अध्यक्षता भएको थियो ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>