चितवन विशेष

स्वर्गीय पत्रकार नेपालको परिवारलाई पत्रकार महासंघको आर्थिक सहयोग

Banner

चितवन, कात्तिक १२–

नेपाल पत्रकार महासंघले स्वर्गीय पत्रकार द्धारिका नेपालका परिवारलाई आर्थिक सहयोग गरेको छ ।

नेपाल पत्रकार महासंघ चितवन शाखाको ५० हजार र केन्द्रले प्रदान गरेको २५ हजार गरि ७५ हजार रुपैयाँ आर्थिक सहयोग गरेको हो । स्वर्गीय पत्रकार नेपालको १३ औँ पुन्य तिथिको अवसर पारेर आज (शुक्रवार) नेपाल पत्रकार महासंघ चितवन शाखाका अध्यक्ष नारायण अधिकारीले महासंघका पदाधिकारीहरुको उपस्थितिमा नेपालका भाई शालिकराम नेपाललाई सहयोग रकम हस्तान्तरण गर्नुभएको हो ।

यही असोज ३१ गते ४७ वर्षीय नेपाल दिंवगत हुनुभएको थियो । दशैँको टिका लगाउन रौतहटको चन्द्रनिहापुर घर जाने क्रममा असोज २५ गते बाटोमा बेहोस बनेपछि उहाँलाई उपचार गर्न अस्पताल लगिएको थियो । उहाँको मष्तिष्कघातका कारण निधन भएको थियो ।

चितवन शाखाले यसअघि दिवंगत हुने आफ्ना सदस्यका परिवारलाई ५० हजार रुपैयाँ आर्थिक सहयोग गर्ने निर्णय गरेको थियो । यस्तै महासंघका सदस्यहरुको ७ लाख रुपैयाँ बराबरको दुर्घटना बिमा समेत गरिसकेको छ । बिमा सुविधा लिन नसक्ने अवस्थामा तत्कालै आर्थिक सहायता स्वरुप महासंघले सो रकम सहयोग गर्ने निर्णय गरेको थियो ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>