अर्थ

भरतपुरमा भोलि शेयर बजार सम्बन्धी तालिम हुँदै

Banner

चितवन, कार्तिक १२ –

भरतपुरमा शेयर बजार सम्बन्धी तालिम हुने भएको छ ।

इन्टेलिजेण्ट स्टक इन्भेष्टर नेपालले भोलि शनिबार शेयर बजारका विज्ञद्वारा तालिम दिन लागेको हो ।

शेयर बजारमा उतार चढाव भईरहँदा त्यसको व्यवस्थापन कला सिकाउन भरतपुरमा तालिमको आयोजना गरिएको आयोजकले जनाएको छ ।

शेयर बजारका नवप्रवेशिदेखि लगानीकर्तासम्मलाई लक्षित गरी तालिम आयोजना गरिएको हो । शनिबार बिहान १० बजेदेखि अपरान्ह ४ बजेसम्म शेयरविज्ञ सहितको टोलीले भरतपुरमा प्रशिक्षण दिने आयोजक संस्था इन्टेलिजेण्ट स्टक इन्भेष्टर नेपालका सञ्चालक सन्तोष खनालले जानकारी दिए ।

खनालका अनुसार एक हजार रुपैयाँ शुल्क तिरेर तालिममा सहभागी हुन पाइने छ । खाजा, पानी, हल र प्रशिक्षणक खर्चका लागि मात्रै शुल्क लिइएको उनको भनाइ छ ।

तालिमले लगानीको अवसर, समय, परिस्थिति र हुन सक्ने जोखिममा बारेमा ज्ञान दिने अपेक्षा गरिएको छ । तालिममा चितवन, नवलपरासी, मकवानपुर, गोरखा, धादिङ लगायतका जिल्लाबाट सहभागी आउने आयोजकको अपेक्षा छ ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>