Breaking News
पछिल्लो २४ घण्टामा थपिए ५४९ कोरोना संक्रमित, ६ जनाको मृत्यु, ५६९ जना संक्रमण मुक्त

काठमाडौँ,कात्तिक १२-
नेपालमा पछिल्लो २४ घण्टामा ५४९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालएको अनुसार पछिल्लो २४ घण्टामा कोरोना संक्रमणबाट थप ६ जनाको मृत्यु भएको र ५६९ जना निको भएर घर फर्किएका छन् ।
आज ७ हजार १४५ नमुनाको पीसीआर परीक्षणमा ४९० र २ हजार ६०१ नमुनाको एन्टिजेन परीक्षण गर्दा ५९ जनामा संक्रमण पुष्टि भएको मन्त्रालयले जनाएको छ ।
त्यस्तै आज ५४९ जना नयाँ संक्रमित थपिए सँगै नेपालमा कोरोना संक्रमितको संख्या ९ लाख ६ हजार ३२५ पुगेको छ । त्यस्तै हालसम्म ७ लाख ९० हजार ३५८ जना संक्रमणमुक्त भएका छन् भने ११ हजार ३८८ जनाको मृत्यु भएको छ ।
मन्त्रालयका अनुसार देशभर रहेका संक्रमितमध्ये ९ हजार ३७९ जना होम आइसोलेसनमा रहेका छन् । यस्तै ७७२ जना संस्थागत आइसोलेसनमा छन् । कोरोनाका बिरामीमध्ये २४२ जना आईसीयू र ७८ जना भेन्टिलेटरमा उपचाररत् छन् ।
























