Breaking News

इजलासलाई लिएर नेपाल बारभित्र प्रधानन्यायाधीश समर्थक र विरोधी वकिलहरुबीच कुटाकुट

Banner

काठमाडौँ, कात्तिक १२-

प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराका समर्थक र विरोधी वकिलबीच आज नेपाल बारभित्रै कुटाकुट भएको छ ।

शुक्रबार मध्यान्ह दुई वकिल, विराट न्यौपाने र भूमिनन्द चुँडालबीच कुटाकुट भएको हो।

यसअघि चुडालले इजलास खोल्नुपर्छ भन्ने विचार राख्दै परिसरमा उपस्थित केही मिडियालाई अन्तर्वार्ता दिइरहेको बेला न्यौपानेले किन त्यसो भनेको भन्दै विवाद झिकेका थिए। प्रधानन्यायाधीशलाई लिएर दुई जनाबीच विवाद बढ्दै गएपछि काठमाडौं बारका अधिवक्ता न्यौपानेले सर्वोच्च बारका अर्का अधिवक्ता चुँडालमाथि जाइलागेका हुन्। परिसर भित्रै दुबैले लाता हानाहान गरेका छन्।

न्यौपाने प्रधानन्यायाधीशको राजीनामाको पक्षमा उभिएका छन् भने चुडाँल न्यायाधीशहरूको बेन्च बहिष्कारको विरुद्धमा छन् ।
प्रधानन्यायाधीशले राजीनामा नदिए आन्दोलनका कार्यक्रम घोषणा गर्ने भन्दै बार कार्यसमिति बैठक अहिले बसिरहेको छ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>