देश/प्रदेश

भारतीय ट्रकको ठक्करबाट सुरुङमार्गमा काम गर्ने युवकको मृत्यु

Banner

धादिङ, कात्तिक १२-
सुरुङमार्गमा काम गर्ने एक युवकको ट्रकको ठक्करबाट मृत्यु भएको छ ।

धादिङकै धुनिबेशी नगरपालिका–९ कानकोटका २९ वर्षीय ओमकृष्ण पाण्डेलाई बिहीबार बेलुकी सवा ८ बजे भारतीय नम्बरको ड्रम ट्रकले ठक्कर दिएको थियो ।

ट्रकको ठक्करबाट गम्भीर घाइते भएका उनको उपचारका क्रममा राष्ट्रिय ट्रमा सेन्टर काठमाडौंमा मृत्यु भएको इलाका प्रहरी कार्यालय खानीखोलाले बतायो ।

इलाका प्रहरी कार्यालय खानीखोलाले दिएको जानकारी अनुसार ट्रक चालक फरार रहेका र चालको खोजी भइरहेको छ ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>