Breaking News

चितवनमा प्रचण्डको खुलासाः कांग्रेससंग सिट तालमेल गर्ने सहमति भइसक्यो

Banner

चितवन, कात्तिक ११–

नेकपा (माओवादी केन्द्र) का अध्यक्ष एवंम चितवन क्षेत्र नं. ३ का प्रतिनिधि सभा सदस्य पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले नेपाली कांग्रेससंग सिट तालमेल गर्ने सहमति भइसकेको खुलासा गरेका छन् ।

केहीदिन देखि चितवनमा रहेका अध्यक्ष प्रचण्डले आज (बिहीबार) माडीमा कार्यकर्ता प्रशिक्षणमा बोल्दै नेकपा (एमाले) हावी भएको क्षेत्रमा कांग्रेससंग तालमेल गर्ने सहमति भइसकेको खुलासा गरेका हुन् । ‘एमाले हाबी भएको ठाउँमा हामी एकजुट हुन्छौं, कांग्रेससंग सिट तालमेल गर्ने सहमति भइसक्यो ।’–अध्यक्ष प्रचण्डले भने ।

यस्तै उनले इमान्दार कम्युनिष्टहरुबीच एकताको प्रयास पनि जारी रहेको बताए । जनता समाजवादी, मोहन बैद्य र विप्लवसंग पनि गठबन्धनमा सहकार्यका लागि छलफल भइरहेको बताए ।

प्रचण्डले समाजवाद निर्माण र समाजवादी क्रान्तिअन्तर्गत जनवादी क्रान्तिका बाँकी काम पूरा गरेरै छाड्ने दावी समेत गरे ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>