Breaking News

पछिल्लो २४ घण्टामा थपिए ५९१ कोरोना संक्रमित , ६६४ जना संक्रमण मुक्त

Banner

काठमाडौँ, कात्तिक ११-

पछिल्लो २४ घण्टामा थप ५९१ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

स्वास्थय तथा जनसंख्या मन्त्रालयको अनुसार पछिल्लो २४ घण्टामा कोरोना संक्रमणबाट २ जनाको मृत्यु भएको छ भने ६६४ जना निको भएका छन् ।
मन्त्रालयका अनुसार आज ८ हजार ४ सय ४८ जनाको पीसीआर परीक्षण गर्दा ५२७ जना र २ हजार ५ सय ७ जनाको एन्टिजेन परीक्षण गर्दा ६४ जना गरी ५९१ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।

त्यस्तै आज ५९१ जना संक्रमित थपिएसँगै नेपालमा कोरोना संक्रमितको कुल संख्या ८ लाख ११ हजार ४०७ पुगेको छ । त्यस्तै नेपाल आजेसम्म कोरोना संक्रमणबाट मृत्‍यु हुनेको संख्या ११ हजार ३८२ पुगेको छ भने ७ लाख ८९ हजार ७८९ जना संक्रमणमुक्त भएका छन् ।

मन्त्रालयका अनुसार हाल देशभर सक्रिय संक्रमितको संख्या १० हजार २३६ जना रहेका छन् । जसमध्ये आइसोलेसनमा ९ हजार ४१४ जना, संस्थागत आइसोलेसनमा ८२२ जना रहेका छन् । कोरोनाका बिरामीमध्ये २४८ जना आईसीयू र ८०१ जना भेन्टिलेटरमा उपचाररत् छन् ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>