Breaking News

राम र लक्ष्मणको मूर्तिले चितवन माडीका जनताको हित गर्देन: प्रचण्ड

Banner

चितवन, कात्तिक ११-

नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले राम र लक्ष्मणको मूर्तिले माडीका जनताको हित नगर्ने बताएका छन् ।

बुधबार चितवन आएका प्रचण्डले आज माडीका विभिन्न कार्यक्रममा सहभागी हुँदै सो कुरा बताएका हुन् ।

उनले प्रमाणित नभइ, अध्ययन अनुसन्धान नभइ राम र लक्ष्मणको मूर्तिमात्रै ल्याएर यहाँका जनताको हित हुँदैन । प्रचण्डले राम लक्ष्मणका मूर्ति ल्याएकोमा आफूलाई आपत्ति भने नरहेको बताए । राम्रोसँग अध्ययन अनुसन्धान गरेर धार्मिक पर्यटनको विकास गर्न सकिए आफू खुसी हुने उनको भनाइ छ ।

तत्कालीन प्रधानमन्त्री ओलीले भगवान् रामको जन्मस्थान माडीको अयोध्यापुरीमा भएको भन्दै आफ्नै पहलमा त्यहाँ राम–सीताको मूर्ति प्रतिस्थापन गर्न लगाएका थिए । तत्कालीन प्रधानमन्त्री तथा एमाले अध्यक्ष केपी शर्मा ओलीले भगवान राम–लक्ष्मणसँग आफूलाई भिडाइदिएको प्रचण्डले गुनासो गरेका छन् ।

माडीका स्थानीयबासीलाई सम्बोधन गर्दै प्रचण्डले भने, ‘मैले माडी र हनुमानझोलाको समस्या समाधान गर्न त्यसबेला प्रधानमन्त्रीसँग रातोपीरो हुने गरी बहस गर्नुप¥यो । तर, उहाँले यहाँको जनताका समस्या हल गर्नेभन्दा राम, लक्ष्मण र सीता ल्याएर मसँग भिडाइदिन खोज्नुभयो ।’

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>