देश/प्रदेश

नेपालमा थपिए ६७२ सङ्क्रमित, ८ जनाको मृत्यु, ४९५ जना निको

Banner

काठमाडौं, कार्तिक १० –

नेपालमा पछिल्लो २४ घण्टामा ६७२ जनामा कोरोना भाइरस  सङ्क्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार नौ हजार ४९५ मा कोरोना परीक्षण गर्दा सो सङ्ख्यामा सङ्क्रमण पुष्टि भएको हो ।

यससँगै देशभर सक्रिय सङ्क्रमित १० हजार ३७५ रहेका छन् ।

यस्तै पछिल्लो २४ घण्टामा ४९५ जना सङ्क्रमणमुक्त भएका छन् । यससँगै नेपालमा हालसम्म सङ्क्रमणमुक्त हुनेको सङ्ख्या सात लाख ८९ हजार १२५ पुगेको छ । नेपालमा सङ्क्रमणमुक्त हुने दर ९७.३ प्रतिशत रहेको छ ।

यस्तै आज कोरोना सङ्क्रमणबाट आठ जनाको मृत्यु भएको छ । अहिलेसम्म सङ्क्रमणबाट ११ हजार ३८० को मृत्यु भएको छ । हाल मृत्युदर एक दशमलव चार प्रतिशत रहेको पनि मन्त्रालयले जनाएको छ ।

त्यस्तै पछिल्लो समय ७७ हजार २०७ ले खोप लगाएका स्वास्थय मन्त्रालयले जनाएको छ ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>