Breaking News

चिनबाट आइपुग्यो १० लाख डोज खोप

Banner

काठमाडौं, कार्तिक १० –
सरकारले कोभ्याक्स कष्ट सेयरिङ अन्तरगर्त खरीद गरेको १० लाख २० हजार डोज कोभिडविरुद्धको भेरोसेल खोप नेपाल आएको छ ।

खोप शाखाका प्रमुख डा. सागर दाहालका अनुसार ‘भेरोसेल’ खोप बुधबार बिहान साढे ८ बजे आइपुगेको हो ।

दाहालका अनुसार नेपालले कोभ्याक्स कष्ट सेयरिङ अन्तर्गत चीनबाट ५९ लाख खोप खरीद गर्ने सम्झौँता गरेको छ । सोही सम्झौँताको पहिलो लट आज आएको हो । उनले कोभ्याक्स सुविधा अन्तरगर्त थुप्रै परिमाणमा खोप आए पनि कोभ्याक्स कष्ट सेयरिङ अन्तरगर्त आएको यो पहिलो लटको खोप भएको बताए ।

यो खोप यसअघि भेरोसेलकै पहिलो डोज लगाएर दोस्रो डोजको पर्खाइमा रहेकालाई लगाउने तयारी गरिएको छ ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>