खैरहनी

चितवनको खैरहनीमा कृषि तथा पशुपंक्षी उपज बजार संचालनमा

Banner

चितवन, कार्तिक ८–

पूर्वी चितवनको खैरहनी नगरपालिकाले कृषि तथा पशुपंक्षी उपज बजार सञ्चालनमा ल्याएको छ । किसानले उत्पादन गरेका कृषि उपजलाई सहज रुपमा बिक्री वितरण गर्ने उदेश्यले आज (सोमबार) देखि कृषि उपज बजार सञ्चालनमा ल्याएको हो ।

यस बजारले कृषि उत्पादनको प्रबंधन तथा बजार सुनिश्चित सँगै मूल्य नियन्त्रणमा पनि सहयोग गर्ने अपेक्षा नगरपालिकाले लिएको छ । उद्घाटन कार्यक्रममा बोल्दै खैरहनी नगपालिका प्रमुख लालमणि चौधरीले किसानलाई प्रत्यक्ष फाइदा पुग्ने गरी कृषि तथा पशुपालन बजार सञ्चालनमा ल्याइएको बताउनुभयो ।

‘अहिले किसानले १५ रुपैयाँमा बेच्ने तरकारी बजारमा ६० रुपैयाँ सम्म पर्छ,’ चौधरीले भन्नु भयो, ‘बिचौलियालाई रोक्नका लागि बजार सञ्चालनमा ल्याएका हौं । उहाँले खैरहनीमा नगरपालिकाको तरकारी संकलन समेत यहाँबाट हुने बताउनुभयो ।

कार्यक्रममा कृषि ज्ञान केन्द्र चितवनका प्रमुख युवराज पाण्डेले नेपालमा खोलिएका कृषि उपज केन्द्र अन्य प्रयोजनका लागि प्रयोग भइरहेकाले सचेत हुन नगरपालिकालाई आग्रह गर्नुभयो । ‘८० प्रतिशत कृषि उपज बजार राम्रोसँग सञ्चालमा छैनन। कतिपय ठाउँमा होटल सञ्चालन छन्’ उहाँले भन्नुभयो, ‘कृषि उपज सञ्चालन गर्न किसान र विभिन्न संघ संस्था जोडिनु पर्छ । सहयोग गर्न कृषि ज्ञान केन्द्र चितवन तयार छ ।’

हाडबजारमा मह, तेल, माछा, दूध, तरकारी तथा फलफुल लगायतका कृषिका वस्तु रहनेछन् । कृषि तथा पशुपंक्षी उपज बजार निर्माणका लागि फलफूल तथा तरकारी मूल्य विकास श्रृंखला आयोजना र घरेलू तथा साना उद्योगले सहयोग गरेको छ । करिब ५३ लाख लागतमा बनेको कृषि उपज केन्द्रमा ४६ वटा स्टल र ६ वटा सटर रहेका छन् ।

रामपुर क्याम्पस खैरहनीका प्रमुख मिलन सुवेदीले यस केन्द्रबाट कृषि उपजको वस्तु सहुलियत रूपमा उपभोक्ताले पाउनुपर्ने धारणा राख्नुभयो ।

कार्यक्रममा फलफूल तथा तरकारी मूल्य विकास श्रृंखला आयोजनाका फिल्ड संयोजक राम थापा, प्रधानमन्त्री कृषि आधुनिकरण परियोजना कार्यान्वयन इकाई चितवनका कृषि अधिकृत इन्द्र शर्मा ढुङ्गाना, माधव पौडेल, नेपाली कांग्रेस खैरहनी नगर सभपति प्रेम रेग्मी, नेकपा एकिकृत समाजवादी पार्टी खैरहनीका अध्यक्ष प्रकाश रुपाखेती लगायतको उपस्थिति रहेको थियो ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>