Breaking News

बालबालिकालाई लगाउने फाइजर खोप नेपाल आइपुग्यो

Banner

काठमाडौँ, कात्तिक ८–

कोरोना भाइरसविरुद्ध लड्न बालबालिकाका लागि लगाइने फाइजर खोप नेपाल आइपुगेको छ ।
अमेरिकाले अनुदानमा उपलब्ध गराएको एक लाख बढी डोज कोरोना खोप सोमबार विहान नेपाल आइपुगेको हो ।

कोभ्याक्स सुविधा अन्तर्गत विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओं) मार्फत उपलब्ध गराइएको फाइजर खोप आज बिहान कतार एअरवेजको विमानमार्फत् काठमाडौं आइपुगेको हो ।

एक महिनाको अवधिमा दुई डोज लगाउनुपर्ने फाइजर खोप १२ वर्षमाथिका दीर्घ रोगीलाई लगाइने स्वास्थ्य मन्त्रालयले जनाएको छ । फाइजर खोप ९५ प्रतिशत प्रभावकारी रहेको अनुसन्धानबाट पुष्टि भएको छ । फाइजर खोप नेपाल आएको पहिलोपटक हो ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>