देश/प्रदेश

‘आबुधाबी डाइलग’ मा सहभागि हुन मन्त्री श्रेष्ठ दुबई प्रस्थान

०
Banner

काठमाडौँ, कात्तिक ७–

श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री कृष्णकुमार श्रेष्ठ नेतृत्वको टोली संयुक्त अरब इमिरेट्समा भोलिदेखि सुरु हुने छैटौं श्रममन्त्रीस्तरीय ‘आबुधाबी डाइलग’ मा सहभागि हुन दुबई प्रस्थान गरेको छ ।

कात्तिक ८ देखि १२ गतेसम्म (२५–२९ अक्टोवर) दुबईमा हुने डाइलगमा सहभागि हुन श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री श्रेष्ठको नेतृत्वमा मन्त्रालयका सचिव सूर्यप्रसाद गौतम र उपसचिव थानेश्वर भुसाल दुबई प्रस्थान गर्नुभएको हो । मन्त्री श्रेष्ठ सहितको टोलीलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको अति विशिष्ट कक्षमा मन्त्रालयका अधिकारीहरुले विदाइ गर्नुभएको थियो ।

श्रमिक पठाउने देश र श्रमिक लिने देशबीच सहकार्य र संवाद गर्नका लागि स्थापित ‘आबुधाबी डायलग’ मा नेपाली श्रमिकहरूको हित र सुरक्षाका बिषयमा छलफल गरिने श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री कृष्णकुमार श्रेष्ठले बताउनुभयो । ‘आबुधाबी डायलग’ मा १६ देशका श्रममन्त्री सहभागि हुनुहुनेछ भने ४ वटा देश परवेक्षकका रुपमा सहभागि हुनेछन् । साथै अन्तर–सरकारी तथा अन्तर्राष्ट्रिय गैरसरकारी संघ संस्थाहरुले पनि डायलगमा भाग लिनेछन् ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>