चितवन विशेष
एमाले रत्ननगर ९ को अध्यक्षमा लेखनाथ आचार्य
०

चितवन, कार्तिक ६ –
नेकपा एमाले रत्ननगर नगरपालिका ९ को अध्यक्षमा लेखनाथ आचार्य चयन भएका छन् ।
आज सम्पन्न वडा अधिवेशनले अध्यक्षमा आचार्यलाई सर्वसम्मतबाट चयन गरेको हो ।
अधिवेशनले वडा कमिटीको उपाध्यक्षमा विशाल श्रेष्ठ, सचिवमा नारायणदत्त पाध्य पौडेल, सहसचिवमा प्रभाकर ढुंगाना र शोभा नेपालसहित ३१ सदस्यीय कमिटी गठन गरेको छ ।
नेकपा एमालेको दशौँ राष्ट्रिय महाधिवेशनअन्तर्गत आज मुलुकभर वडास्तरका अधिवेशन भएको छ । वडा अधिवेशनलाई पार्टी अध्यक्ष केपी शर्मा ओलीले भर्चुअल माध्यमबाट उद्घाटन गरेका थिए ।
सम्बन्धित समाचार :

तपाइको प्रतिक्रिया दिनुहोस्
Leave a Reply
सम्बन्धित समाचार
लोकप्रिय समाचार
छुटाउनु भयो कि?
>
























