Breaking News

चितवन मेडिकल कलेजमा पाल्पाका एक कोरोना संक्रमितको मृत्यु, आज २५ संक्रमित थपिए

Banner

चितवन, कात्तिक ६-

चितवन मेडिकल कलेजमा एक कोरोना संक्रमितको उपचारको क्रममा मृत्यु भएको छ ।

स्वास्थ्य कार्यालय चितवनले उपलब्ध गराएको तथ्यांक अनुसार पाल्पाको एक संक्रमितको विगत २४ घण्टामा मृत्यु भएको हो ।

चितवन जिल्ला भित्रका ४२५ जनाले कोरोना संक्रमणको कारणले ज्यान गुमाएका छन् । चितवनका विभिन्न अस्पतालमा ३७ जना कोरोनाका बिरामीले उपचार गराइरहेका छन् । जसमध्ये आईसीयूमा १९ जना, भेन्टिलेटरमा सात जना र एचडीयूमा १८ जना रहेका छन् । त्यसैगरी विगत २४ घण्टामा ६ जना कोरोनाका बिरामी विभिन्न अस्पतालबाट डिस्चार्ज भएका छन् ।

चितवनमा विगत २४ घण्टामा २५ जना कोरोना संक्रमित थपिएका छन् ।

स्वास्थ्य कार्यालय चितवनको अनुसार थपिएका संक्रमितहरुमा भरतपुर महानगरपालिकाका २२ जना, रत्ननगरमा दुई जना र राप्ती नगरपालिकाका एक जना रहेका छन् । योसँगै चितवनमा सक्रिय संक्रमितको संख्या २७२ रहेको छ । जसमध्ये घरमा आइसोलेसनमा २४६ जना र अस्पतालको आइसोलेसनमा २६ जना रहेका छन् ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>