चितवन विशेष

नेकपा एमाले भरतपुर महानगरको सचिवमा अश्विन घिमिरेको उम्मेदवारी घोषणा

Banner

चितवन, कात्तिक ६-

नेकपा एमाले भरतपुर महानगरको सचिवमा अश्विन घिमिरेले उम्मेदवारी घोषणा गरेका छन् ।

एमाले राजनीतिमा युवा सहभागिता बढाउनको लागि आफूले उम्मेदवारी घोषणा गरेको उनले बताएका छन् ।

भरतपुरको सप्तगण्डकी बहुमुखी क्याम्पसबाट अनेरास्ववियुको राजनीति गर्दै राजनीतिक यात्रा सुरु गरेका घिमिरे नेकपा एमाले जिल्ला कमिटी सदस्य र राष्ट्रिय युवा परिषद् चितवनका अध्यक्ष हुन् । उनले यसअघि अनेरास्ववियु जिल्ला कमिटी सदस्य, अञ्चल कमिटी सदस्य, अनेरास्ववियु विदेश विभागको सचिव, अखिल केन्द्रीय सदस्य, केन्द्रीय सचिवालय सदस्य, युवा संघको केन्द्रीय सदस्य र युवा संघको सचिवालय सदस्य भएर काम गरिसकेका छन् । घिमिरे राजनीतिसँगै गायकको रुपमा गीत पनि गाउँदै आएका छन् । कात्तिक ९ गतेका लागि तोकिएको महानगर अधिवेशन तयारी नपुगेको भन्दै केही दिन पछाडि सर्न सक्ने सम्भावना रहेको छ ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>