Breaking News

थप ७०८ जनामा सङ्क्रमण पुष्टि, ९३२ सङ्क्रमण मुक्त

Banner

काठमाडौँ, कात्तिक ५-
नेपालमा पछिल्लो २४ घण्टामा ७०८ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घन्टामा ९३२ जना सङ्क्रमण मुक्त भएका छन् । आज मन्त्रालयले सार्वजनिक गरेको तथ्याङ्क अनुसार नौ हजार ३७६ जनामा कोरोना परीक्षण गर्दा ७०८ जनामा सङ्क्रमण पुष्टि भएको हो ।

त्यस्तै ७०८ जना सङ्क्रमित थपिएकासँगै देशभर सक्रिय सङ्क्रमित १० हजार ९४६ जना रहेका छन् । हाल नेपालमा ५०० भन्दाबढी सङ्क्रमण हुने जिल्ला काठमाडौँ, ललितपुर, भक्तपुर र कास्की गरी चार जिल्ला र २०० भन्दाबढी सङ्क्रमित भएका १४ जिल्ला रहेका छन् । त्यस्तै सङ्क्रमति शून्य रहेका जिल्ला मुस्ताङ र मुगु रहेका छन् । हाल नेपालमा सङ्क्रमण दर १८.५ प्रतिशत रहेको छ ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>