Breaking News

एमालेको महाधिवेशन चितवनमा हुने, बादलको नेतृत्वमा मूल व्यवस्थापन समिति गठन

Banner

चितवन, कात्तिक ४–

नेकपा (एमाले) को १० औं महाधिवेशन चितवनमा हुने भएको छ । ललितपुरको तुल्सीलाल प्रतिष्ठानमा बिहीबार बसेको स्थायी कमिटी बैठकले महाधिवेशन चितवनमा गर्ने निर्णय गरेको हो । यसअघि बुटवलमा हुने भनिएको महाधिवेशन चितवनमा गर्ने निर्णय स्थायी कमिटी बैठकबाट भएको एमाले प्रवक्ता प्रदीप ज्ञवाली जानकारी दिनुभयो ।

महाधिवेशनका लागि स्थायी कमिटी सदस्य रामबहादुर थापाको नेतृत्वमा २१ सदस्यीय मूल व्यवस्थापन समितिसमेत गठन गरिएको छ । प्रवक्ता ज्ञवालीका अनुसार चितवनलाई नै कार्यथलो बनाएका पूर्व माओवादी पृष्ठभूमिका नेता बादलको संयोजकत्वमा गठित मूल व्यवस्थापन समितिमा चितवनकै नेताहरु धेरै समेटिएका छन् ।

समितिमा योगेश भट्टराई, सुरेन्द्र पाण्डे, काशिनाथ अधिकारी, राजन भट्टराई, विनोद श्रेष्ठ, सीता पौडेल, आनन्द पोखरेल, कपिल पोखरेल, कृष्णभक्त पोखरेल र पार्वती रावल छन् ।

त्यस्तै सातवटै प्रदेश र सम्पर्क समन्वय कमिटीबाट समेत एक–एकजना रहनेगरि मूल व्यवस्थापन समिति गठन भएको ज्ञवालीले जानकारी दिनुभयो । माओवादी अध्यक्ष प्रचण्डको गृहजिल्ला चितवनमा महाधिवेशन गर्न एमालेले बादलको संयोजकत्वमा समिति गठन गर्नुलाई अर्थपूर्ण रुपमा लिइएका छ । अर्को बैठक शुक्रबार दिउँसो २ बजे फेरि बस्ने भएको छ ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>