Breaking News

चितवनमा कोरोना भाइरसको जोखिम कायमै: आज ३३ संक्रमित थपिए

Banner

चितवन, कात्तिक ४-

चितवनमा कोरोना संक्रमण दरमा उतारचढाब आएकोले पनि यसको जोखिम कायमै रहेको छ ।

दोस्रो लहरको सुरुवात पछि सबैभन्दा कम रहेको संक्रमण फेरि वृद्धि हुँदै गएको जस्तो दखिन्छ । कात्तिक १ गते चितवनमा ३९ जना कोरोना संक्रमित देखिएका थिए तर २ गते यो संख्या घटेर २८ जना भएको थियो । त्यस्तै कात्तिक ३ गते दैनिक थपिने संक्रमितको संख्या घटेर २५ जनामा झरेको थियो तर आज कात्तिक ४ गते यो संख्या फेरि बढेर ३३ जना पुगेको छ ।विगत २४ घण्टामा थपिएका संक्रमितहरुमध्ये भरतपुर महानगरपालिकामा २७ जना, माडी नगरपालिकामा एक जना, रत्ननगर नगरपालिकामा तीन जना र इच्छाकामना गाउँपालिकामा दुई जना रहेका छन् ।

स्वास्थ्य कार्यालय चितवनले उपलब्ध गराएको दैनिक तथ्यांकलाई विश्लेषण गर्दा चितवनमा दसैँपछि सक्रिय संक्रमितको संख्या बढ्दै गएको देखिन्छ । कात्तिक १ गते २२६ जना, कात्तिक २ गते २०३ जना, कात्तिक ३ गते २४१ जना र कात्तिक ४ गते आज यो संख्या २४२ जना रहेको छ । यो तथ्यांकलाई विश्लेषण गर्दा ढुक्क हुने अवस्था भने नरहेको विशेषज्ञहरु बताउँछन् ।

भरतपुर अस्पतालका वरिष्ठ कन्सल्टेन्ट फिजिसिएन तथा कोभिड क्लिनिकल कोअर्डिनेटर डा प्रमोद पौडेलले भाइरसले रुप बदल्दै जाने भएकोले चितवनमा कोरोना भाइरसको जोखिम कायम नै रहेको नारायणी अनलाइनलाई जानकारी दिए । उनले भने, ‘ पहिलेको तुलनामा कोरोना संक्रमितको संख्या धेरै कम भए पनि जोखिम कायमै छ । भाइरसले अल्फा, डेल्टा हुँदै आफ्नो स्वरुप परिवर्तन गर्दै गइरहेको छ । भविष्यमा आउन सक्ने तेस्रो लहरलाई रोक्न अहिले पनि थप सावधानी अपनाउन जरुरी छ ।’

देशभरको तथ्यांकलाई विश्लेषण गर्दा असोज २५ गते कोरोना संक्रमण दर ५ प्रतिशतभन्दा कम थियो । यो संक्रमण दर दोस्रो लहरपछिको सबैभन्दा कम दैनिक संक्रमण हो । कुल १२ हजार ४ सय ४ जनाको परीक्षण गर्दा ५९६ जनामा संक्रमण पुष्टि भएको थियो।

मंगलबार एक हजार ९६ जनामा संक्रमण पुष्टि भएको छ। मंगलबार ९ हजार ९१६ जनाको परीक्षण गरिएको थियो। सोमबार ९ हजार ६९७ जनाको परीक्षण गर्दा ५९१ जनामा कोरोना देखिएको थियो । मंगलबार झण्डै दोब्बर बढी संक्रमित थपिएका छन् । कोरोना संक्रमणको दोस्रो लहरमा डेल्टा भाइरसले संक्रमण वृद्धि गराएको छ ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>