अन्तर्राष्ट्रिय

सुँगुरको मिर्गौला सफलतापूर्वक मान्छेको शरीरमा प्रत्यारोपण

Banner

एजेन्सी । अमेरिकामा पहिलोपटक सुँगुरको मिर्गौला सफलतापूर्वक मान्छेको शरीरमा प्रत्यारोपण गरिएको छ । यसमा व्यक्तिको प्रतिरोधात्मक प्रणालीले सो मिर्गौलालाई ‘रिजेक्ट’ नगर्दा यो परीक्षण ठूलो सफलता बनेको हो । यस नयाँ उपलब्धीले प्रत्यारोपण प्रक्रियाका लागि आवश्यक मानव अङ्ग अभावको समस्या समाधानमा उल्लेखनीय मद्दत पुर्याउने अपेक्षा गरिएको छ ।

यो शल्यक्रिया न्युयोर्क सिटीस्थित एन.वाइ.यु लेनेगोन हेल्थमा गरिएको थियो । यसमा मानव शरीरले तुरुन्तै नकार्ने सुँगुरको टिस्युलाई हटाउन त्यसको जिन परिमार्जित गरिएको हो । यसमा शल्यक्रिया गरिएकी व्यक्ति चाहिँ केही समय अगाडि नै ‘ब्रेन डेड’ घोषणा गरिएकी थिइन् जसको मिर्गौलाले काम नगरेको लक्षण देखिन्थ्यो । त्यसैले उनका परिवारसँग अनुमति मागेर उनलाई लाइफ–सपोर्टबाट हटाउनु अगाडि यो परीक्षण गरिएको अध्ययनकर्ताहरुले रोयटर्ससँग बताएका छन् ।

यसमा तीन दिनसम्म नयाँ मिर्गौला उनको रक्तनलीसँग जोडिएर रहेको र बाहिरी शरीरमा पनि कायम रहेको बताइएको छ । प्रत्यारोपण गरेका सर्जन, डाक्टर रोबर्ट मोन्टगोमेरी भन्छन्, “परीक्षणको नतिजामा सो मिर्गौलाले सामान्य जसरी काम गरेको देखियो । मान्छेबाट प्रत्यारोपण गरिने मिर्गौलाबाट अपेक्षा गरिने जति नै पिशाब यसले उत्पादन गर्यो ।”

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>