Breaking News
नेपालम थप ६६२ जनामा संक्रमण पुष्टि, १३ जनाको मृत्यु
०
काठमाडौँ, कात्तिक ३-
पछिल्लो २४ घण्टामा नेपालमा ६६२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा ७५८ जना कोरोना भाइरस संक्रमणमुक्त भएका छन् भने १३ जनाको मृत्यु भएको छ ।
त्यस्तै ७०२२ जनाको पीसीआर परीक्षण गर्दा ५३५ जना र १,४०४ एन्टिजेन परीक्षणमा गर्दा १२७ जना गरी ६६२ जनामा संक्रमण पुष्टि भएको मन्त्रालय जनाएको छ ।
हाल देशभर कोरोना भाइरसका सक्रिय संक्रमितको संख्या ११ हजार ५७९ रहेको छ ।
तपाइको प्रतिक्रिया दिनुहोस्
Leave a Reply
सम्बन्धित समाचार
लोकप्रिय समाचार
ताजा समाचार
छुटाउनु भयो कि?
>























