Breaking News

चितवनमा ‘दलित’ भएकै कारण हत्या गरेको भन्दै कारवाहीको माग गर्दै प्रदर्शन (फोटो फिचर)

Banner

चितवन, कात्तिक ३–

चितवनमा छिमेकीको कुटपिटबाट दलित समुदायको एक व्यक्तिको मृत्यु भएको भन्दै दलित अगुवाहरु आन्दोलित भएका छन् । भरतपुर महानगरपालिका–४, स्थित भीमबहादुर विश्वकर्माको छिमेकीको कुटपिटबाट दशैं अगाडि मृत्यु भएको थियो ।

छिमेकी सीताराम बस्नेत र दीलिप श्रेष्ठले कुटपिट गर्दा ५८ वर्षीय भीमबहादुरको मृत्यु भएको थियो । सोही विषयलाई लिएर दलित अगुवाहरु आन्दोलित भएका हुन् । उनीहरुले भीमबहादुर विक संयुक्त न्यायिक संघर्ष समिति नै गठन गरी आन्दोलनमा होमिएका हुन् । समितिले आज (बुधबार) भरतपुरमा प्रदर्शन गरेको छ ।

भरतपुरको चौविसकोठीबाट सुरु भएको प्रदर्शन जिल्ला प्रशासन कार्यालयसम्म पुगेको थियो । समितिले प्रमुख जिल्ला अधिकारी अस्मान तामाङलाई ज्ञापन पत्र समेत बुझाएको छ । अधिवक्ता जीवनज्योति सो ज्ञापन पत्र बुझ्दै प्रजिअ तामाङलाई दोषीलाई कानुन अनुसार नै कारवाही हुने प्रतिवद्धता जनाए । घटना भएको छोटो समयमै दोषीलाई पक्राउ गरि सकिएको जानकारी दिँदै पीडितलाई न्याय दिलाउने विश्वास दिलाए ।

घटनामा संलग्न बस्नेत र श्रेष्ठ अहिले प्रहरी हिरासतमा छन् । उनीहरुको अनुसन्धान भइरहेको चितवन प्रहरीले जनाएको छ । यस घटनालाई लिएर केहीदिन देखि दलित अगुवाहरु आन्दोलित छन् ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>