Breaking News

चितवनमा ‘दलित’ भएकै कारण हत्या गरेको भन्दै कारवाहीको माग गर्दै प्रदर्शन (फोटो फिचर)

०
Banner

चितवन, कात्तिक ३–

चितवनमा छिमेकीको कुटपिटबाट दलित समुदायको एक व्यक्तिको मृत्यु भएको भन्दै दलित अगुवाहरु आन्दोलित भएका छन् । भरतपुर महानगरपालिका–४, स्थित भीमबहादुर विश्वकर्माको छिमेकीको कुटपिटबाट दशैं अगाडि मृत्यु भएको थियो ।

छिमेकी सीताराम बस्नेत र दीलिप श्रेष्ठले कुटपिट गर्दा ५८ वर्षीय भीमबहादुरको मृत्यु भएको थियो । सोही विषयलाई लिएर दलित अगुवाहरु आन्दोलित भएका हुन् । उनीहरुले भीमबहादुर विक संयुक्त न्यायिक संघर्ष समिति नै गठन गरी आन्दोलनमा होमिएका हुन् । समितिले आज (बुधबार) भरतपुरमा प्रदर्शन गरेको छ ।

भरतपुरको चौविसकोठीबाट सुरु भएको प्रदर्शन जिल्ला प्रशासन कार्यालयसम्म पुगेको थियो । समितिले प्रमुख जिल्ला अधिकारी अस्मान तामाङलाई ज्ञापन पत्र समेत बुझाएको छ । अधिवक्ता जीवनज्योति सो ज्ञापन पत्र बुझ्दै प्रजिअ तामाङलाई दोषीलाई कानुन अनुसार नै कारवाही हुने प्रतिवद्धता जनाए । घटना भएको छोटो समयमै दोषीलाई पक्राउ गरि सकिएको जानकारी दिँदै पीडितलाई न्याय दिलाउने विश्वास दिलाए ।

घटनामा संलग्न बस्नेत र श्रेष्ठ अहिले प्रहरी हिरासतमा छन् । उनीहरुको अनुसन्धान भइरहेको चितवन प्रहरीले जनाएको छ । यस घटनालाई लिएर केहीदिन देखि दलित अगुवाहरु आन्दोलित छन् ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>