Breaking News
चितवन मेडिकल कलेजमा एक कोरोना संक्रमितको मृत्यु, आज २५ संक्रमित थपिए

चितवन, कात्तिक ३-
चितवन मेडिकल कलेजमा विगत २४ घण्टामा एक जना कोरोना संक्रमितको मृत्यु भएको छ ।
स्वास्थ्य कार्यालय चितवनको अनुसार रुपन्देहीका एक जनाको कोरोनाको कारणले मृत्यु भएको हो । अहिलेसम्म अन्य जिल्लाका बाहेक चितवनमा कोरोना संक्रमणबाट ४२५ जनाले ज्यान गुमाएका छन् ।
त्यसैगरी चितवनका विभिन्न अस्पतालमा ४७ जना कोरोनाका बिरामीले उपचार गराइरहेका छन् । जसमध्ये २३ जना आईसीयूमा, सात जना भेन्टिलेटरमा, एचडीयूमा २० जना र सामान्य बेडमा चार जना रहेका छन् । त्यसैगरी चितवनका विभिन्न अस्पतालबाट विगत २४ घण्टामा १३ जना कोरोनाका बिरामी डिस्चार्ज भएका छन् ।
त्यस्तै आज चितवनमा २५ जना कोरोना संक्रमित थपिएका छन् ।
स्वास्थ्य कार्यालय चितवनको अनुसार भरतपुर महानगरपालिकामा २२ जना, खैरहनीमा एक जना र रत्ननगर नगरपालिकामा दुई जना रहेका छन् । यो सँगै चितवनमा सक्रिय संक्रमितको संख्या २४१ जना रहेको छ जसमध्ये घरमा आइसोलेसनमा २०४ जना र अस्पतालको आइसोलेसनमा ३७ जना रहेका छन् ।
























