Breaking News

आज दशैंको अन्तिम दिन, लक्ष्मीको स्वागत गरेर मनाइँदै

Banner

चितवन, कात्तिक २–

नेपालीहरुको महान् चाड बडा दशैंको आज अन्तिम दिन अर्थात कोजाग्रत पूर्णिमा । दशैंलाई विदा गरी लक्ष्मीको स्वागत गरेर आज मनाइँदै छ । आज दशैंको टीका र जमरा लगाउने अन्तिम दिन हो ।

आश्विन शुक्ल दशमी अर्थात् विजयादशमीदेखि सुरु भएको टीका र जमरा लगाउने क्रम आश्विन शुक्ल पूर्णिमा अर्थात् कोजाग्रत पूर्णिमाका दिन समाप्त हुन्छ ।

आज बेलुकी अखिल (सबै) बलिपूर्ति नभएसम्म देवीको प्रसादको रुपमा टीका र जमरा लगाउनु शास्त्रसम्मत हुने नेपाल पञ्चाङ्ग निर्णायक समितिका अध्यक्ष प्रा. श्रीकृष्ण अधिकारीले जानकारी दिए ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>