Breaking News
महाकाली नदीको बाढीले खतराको तह नाघ्यो
०

धनगढी, कात्तिक २–
अविरल वर्षाले महाकाली नदीको बाढीले खतराको सतह नाघेको छ ।
मंगलबार बिहान गरिएको मापनअनुसार महाकालीमा पानीको सतह बढेर तीन लाख ९१ ह्जार क्युसेक पुगेको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रवक्ता प्रहरी नायब उपरीक्षक (डीएसपी) सिद्धराज न्यौपानेले जानकारी दिए ।
नदीमा पानीले खतराको सतह नाघेपछि शारदा ब्यारेजमा आवागमनमा रोक लगाइएको छ । आइतबारदेखि लगातार वर्षा भएपछि देशका विभिन्न भागमा कृषि क्षेत्रमा ठूलो क्षति समेत पुगेको छ ।
तपाइको प्रतिक्रिया दिनुहोस्
Leave a Reply
सम्बन्धित समाचार
लोकप्रिय समाचार
छुटाउनु भयो कि?
>
























