क्रिकेट

टि–२० विश्वकप वार्मअपः अष्ट्रेलियाद्धारा न्यूजील्याण्ड ३ विकेटले पराजित

Banner

काठमाडौँ, कात्तिक १–

पुरुष टि–२० विश्वकप अन्तरगतको वार्मअप खेलमा अष्ट्रेलियाले न्यूजील्याण्डलाई पराजित गरेको छ । टोलेरेन्स ओभलमा सोमबार भएको खेलमा अष्ट्रेलियाले न्यूजील्याण्डलाई ३ विकेटले पराजित गरेको हो ।

न्यूजील्याण्डले दिएको १५९ रनको लक्ष्य पछ्याएको अष्ट्रेलियाले १ बल बाँकी छदा ७ विकेटको क्षतिमा पुरा गर्‍यो । उसका लागि स्टीवन स्मिथले ३५, मार्कस स्टोइनिसले २८, कप्तान आरोन फिन्च र मिशेल मार्शले समान २४ रन बनाए । एश्टन अगरले २३ रन बनाए भने मिशेल स्टार्क अबिजित ९ बलमा १३ र जोश इंग्लिस अबिजित २ बलमा ८ रन बनाउँदै टिमलाई जित दिलाए । अगर आउट भएपछि इंग्लिसले लगातार दुई बलमा चौका प्रहार गर्दै अष्ट्रेलियालाई जित दिलाए ।

न्यूजील्याण्डका लागि मिशेल सान्टनरले ३ र ट्रेन्ट बोल्टले २ विकेट लिए । केली जेमीसन र टिम साउथीले समान एक/एक विकेट लिए ।
यसअघि टस हारेर पहिले व्याटिङ गरेको न्यूजील्याण्डले ७ विकेटको क्षतिमा १५८ रन बनाएको थियो । उसका लागि कप्तान केन विलियमसनले ३७, डेरिल मिशेलले ३३, जेम्स नीशामले ३१, मार्टिन गुप्टिलले ३० रन बनाए ।
अष्ट्रेलियाका लागि केन रिचर्डसनले ३, एडम जाम्पाले २, एश्टन अगर र मिशेल स्टार्कले समान एक/एक विकेट लिए ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>