Breaking News
मुगु, कास्की र अछाम दुर्घटनाका मृतक परिवारलाई राहत दिने प्रधानमन्त्री देउवाको घोषणा

काठमाडौँ, असोज २७–
दसैं सुरु भएयता विभिन्न ठाउँमा सवारी दुर्घटनाहरु बढ्दै गइरहेको छ । मंगलबार मुगुमा भएको बस दुर्घटनामा सबैभन्दा बढी क्षति भएको छ । यससंगै कास्की र अछाममा पनि धेरैले ज्यान गुमाएका छन् ।
यस्तो अवस्थामा प्रधानमन्त्री शेरबहादुर देउवाले मुगु, कास्की र अछाममा भएका सवारी दुर्घटनामा मृत्यु भएकाका परिवारलाई उचित राहत दिने र घाइतेको सरकारले निःशुल्क उपचार गर्ने बताएका छन् ।
मुगु, कास्की र अछाममा भएका दुर्घटनाले आफू स्तव्ध भएको बताउँदै प्रधानमन्त्री देउवाले सामाजिक सन्जालमा लेखेका छन्, ‘दुर्घटनामा ज्यान गुमाउनेप्रति श्रद्धाञ्जलि अर्पण गर्दै शोक सन्तप्त परिवारप्रति समवेदना प्रकट गर्दछु । दुर्घटनामा मृत्यु भएका मृतकका परिवारलाई उचित राहत र घाइतेको उद्दार एवं निःशुल्क उपचार सरकारले गर्नेछ ।’
उनले सडक दुर्घटना न्यूनीकरणका लागि सार्वजनिक–निजी सवारी साधनको नियमित परीक्षण एवं मर्मत गर्न, क्षमताभन्दा बढी यात्रु नराख्न र सुरक्षाका सबै मापदण्डहरू अपनाउन पनि सम्बन्धित सबैको ध्यानाकर्षण गराएका छन् ।
























