Breaking News
भरतपुर अस्पतालमा एक कोरोना संक्रमितको मृत्यु, चितवनमा थप २८ संक्रमित थपिए

चितवन, असोज २५-
भरतपुर अस्पतालमा विगत २४ घण्टामा एक जना कोरोना संक्रमितको मृत्यु भएको छ ।
स्वास्थ्य कार्यालय चितवनको अनुसार चितवनका एक जनाको मृत्यु भएको हो । योसँगै चितवनमा कोरोना संक्रमणबाट आजसम्म ४२२ जनाको मृत्यु भएको छ ।
चितवनका विभिन्न अस्पतालमा ५४ जना कोरोना संक्रमितले उपचार गराइरहेका छन् । जसमध्ये आईसीयूमा १९ जना, भेन्टिलेटरमा सात जना, एचडीयूमा २८ जना र जेनरल बेडमा सात जना रहेका छन् । विगत २४ घण्टामा चितवनका विभिन्न अस्पतालबाट तीन जना कोरोनाका बिरामी डिस्चार्ज भएका छन् ।
त्यसैगरी चितवनमा विगत २४ घण्टामा २८ जना कोरोना संक्रमित थपिएका छन् । स्वास्थ्य कार्यालय चितवनको अनुसार भरतपुर महानगरपालिकामा २२ जना, खैरहनीमा तीन जना, माडी नगरपालिकामा एक जना, रत्ननगरमा एक जना थपिएका हुन् । योसँगै चितवनमा सक्रिय संक्रमितको संख्या ३३१ जना पुगेको छ । जसमध्ये घरमा आइसोलेसनमा २९७ जना र अस्पतालको आइसोलेसनमा ३४ जना रहेका छन् ।
























