Breaking News
बढी भाडा लिएको आरोपमा काठमाडौं उपत्यकाबाट ७ जना पक्राउ
काठमाडौं, असोज २५-
काठमाडौं उपत्यकाबाट चाडपर्व मनाउनका लागि घर फक्ने यात्रुसँग बढी भाडा लिएको आरोपमा ७ जना पक्रउ परेका छन् ।
पक्रउ पर्नेमा कोटेश्वर क्षेत्रको काउन्टरबाट खोटाङ ऐशेलुखर्क-३ का भीम निरौला र रञ्जित श्रेष्ठ, बल्खु क्षेत्रको काउन्टरबाट सिन्धुलीका हरि कार्की, चितवनका सुदर्शन पाण्डे, बारा कलैयाका एल एक्स चौधरी, मकवानपुर भिमफेदीका प्रेम घिमिरे र बारा जितपुरका विशाल लामा पक्राउ परेका छन् ।
चाडपर्व मनाउन काठमाडौं उपत्यकाबाट बाहिर जाने यात्रुसँग तोकिएकोभन्दा बढी भाडा लिन खोजेको पाइएपछि महानगरीय ट्राफिक प्रहरी महाशाखाले उनीहरुलाई सोमबार बिहानै नियन्त्रणमा लिएको हो ।
महाशाखाका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक जनक भट्टराईका अनुसार कर्मचारी हुँ भन्दै अनाधिकृत रूपमा भाडा उठाइ रहेको अवस्थामा उनीहरुलाई नियन्त्रणमा लिएको हो ।
त्यस्तै पक्रउ परेका उनीहरुलाई नियन्त्रणमा लिई आवश्यक कारबाहीका लागि महानगरीय प्रहरी वृत्तहरूमा राखिएको छ ।
























