Breaking News
चितवनमा दसैँ लागेसँगै कोरोना संक्रमण दर घट्यो, आज पाँच संक्रमित थपिए

चितवन, असोज २४-
चितवनमा दसैँ सुरु भएसँगै दैनिक संक्रमण दर घटेको छ ।
स्वास्थ्य कार्यालयका अनुसार केही दिनअघिसम्म दैनिक ३० देखि ५० को हाराहारीमा दैनिक संक्रमितहरु थपिने गरेकोमा विगत २४ घण्टामा त्यो संख्या घटेर पाँज जनामा मात्र देखिएको हो ।
थपिएका पाँच जना सबै भरतपुर महानगरपालिकाका हुन् । अन्य ६ स्थानीय तहमा आज कुनै संक्रमित थपिएका छैनन् । योसँगै चितवनमा सक्रिय संक्रमितको संख्या घटेर ३४१ पुगेको छ । जसमध्ये घरमा आइसोलेसनमा ३०८ जना र अस्पतालको आइसोलेसनमा ३३ जना रहेका छन् । चितवनमा आजसम्म कोरोना संक्रमणको कारण ४२१ जनाले ज्यान गुमाएका छन् ।
त्यसैगरी चितवनमा विगत २४ घण्टामा कसैको पनि कोरोना संक्रमणको कारणले ज्यान गएको छैन । विभिन्न अस्पतालमा भने ५५ जनाले उपचार गराइरहेका छन् । जसमध्ये आईसीयूमा १७ जना, भेन्टिलेटरमा ८ जना, एचडीयूमा ३१ जना र जेनरल बेडमा ५५ जना रहेका छन् । विगत २४ घण्टामा चितवनमा १४ जना कोरोनाका बिरामी विभिन्न अस्पतालबाट डिस्चार्ज भएको स्वास्थ्य कार्यालयले जनाएको छ ।
























