चितवन विशेष

चितवनमा छायांकन भएको दराई कौंरा गीतको म्युजिक भिडियो सार्वजनिक हुँदै

Banner

चितवन, असोज २४-

चितवनको अल्पसंख्यक दराई समुदायको दराई कला र संस्कृतिमा आधारित भएर बनाइएको कौरा गीतको छायांकन सम्पन्न भएको छ ।

गीतको अधिकांश छायांकन भरतपुर महानगरपालिका–१२ को नौरंगी क्षेत्रमा गरिएको हो । दराई र नेपाली भाषा गरी एकै साथ दुई भाषामा दसैँपछि सार्वजनिक गरिने यो गीत चितवन निवासी गुञ्जबहादुर दराईले निर्माण गरेका हुन् ।

दराई भाषामा ‘मनपर्लरी’ बोलको यो गीतको अर्थ ‘मन चो¥यो है ’ भन्ने अर्थ लाग्छ । गुञ्जबहादुर दराईको पहिलो प्रस्तुति रहेको यस गीत चितवनका विभिन्न दराइ संघ सस्था तथा ब्यक्ति विशेषको सहयोगमा निर्माण भएको हो । यस कौरा गीतमा गुञ्जबहादुर दराई, चिजबहादुर दराई, लोक दराईको आवाज रहेको छ भने शब्द गुञ्जबहादुर दराई र संगीत राजकुमार बगरको रहेको छ ।

दसैँ लगतै सार्वजनिक गर्न लागिएको यो गीत दराईहरुको कला संस्कृति भेषभुषाको प्रदर्शन तथा जर्गेनाका लागि निर्माण गरिएको ब्यवस्थापक बुद्धिलाल दराईले नारायणी अनलाइनलाई जानकारी दिए । विजय दराई, माधव दराई, मनिषा दराई र सुष्मिता दराईको मुख्य भूमिका रहेको यस गीतमा छायांकन लक्ष्मण घिमिरे, ड्रोन विष्णु सेवा, मेकअप सुनिता खड्का र कोरियोग्राफ तथा निर्देशन सुमित लामाको रहेको छ ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>