खैरहनी

चितवनमा मान्छे मार्ने बाघ नियन्त्रणमा

Banner

चितवन, असोज २४–

खैरहनी स्थित कुमरोज सामुदायिक वनमा मान्छे मार्ने बाघलाई नियन्त्रणमा लिईएको छ । असोज १९ गते बाघको आक्रमणबाट खैरहनी–१३ सिम्रेनीका २५ वर्षीय दिनेश बोटेको मृत्यु भएको थियो ।

आक्रमण गरेकै दिनदेखी खोजी कार्य गरेकोमा आईतबार दिउँसो बाघ फेला परेको कुमरोज सामुदायिक वनका अध्यक्ष गणेशकुमार श्रेष्ठले जानकारी दिए । श्रेष्ठका अनुसार सो बाघलाई दराई बोटे ताल नजिक फेला परेको हो ।

चितवन राष्ट्रिय निकुञ्ज पूर्वी सेक्टर सौराहा, जैविक विविधता संरक्षण कोष, बुढीराप्ती मध्यवर्ती उपभोक्ता समिति र कुमरोज सामुदायिक वनका प्रतिनिधीसहित हात्तीको प्रयोग गरेर बाघ खोज्ने काम भएको थियो । नियन्त्रणमा लिईएको बाघलाई डार्ट गरेर पूर्वी सेक्टर सौराहा लगिएको वनका अध्यक्ष श्रेष्ठले बताए ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>