देश/प्रदेश

वडादसौंको उपलक्ष्यमा गरिएको निःशुल्क स्वास्थ्य शिविर सम्पन्न

Banner

काठमाडौं, २४ असोज-
हिन्दूहरुको महान चाड वडादसौंको उपलक्ष्यमा तारकेश्वर नगरपालिका–५ धितालथोकमा एक दिने ‘निःशुल्क स्वास्थ्य शिविर तथा रक्तदान’ कार्यक्रम सम्पन्न भएको छ ।

सुडी समाज युवा उपसमिति काठमाडौं, गाउँघर हेल्थ केयर सेन्टर, किवनिज क्लब अफ वाग्मती र नवरत्न आयुर हेल्थ केयर एण्ड रिसर्च सेन्टरको समन्वयमा लायन्स क्लब अफ काठमाडौंद्वारा आयोजित सो शिविरमा १२५ जनाको स्वास्थ्य परीक्षण गरिएको थियो । शिविरमा ३५ जनाले रक्तदान गर्नुभएको थियो ।

शिविरमा नाक, कान, घाँटी, छाला तथा यौन रोग, जनरल फिजिसियन सेवा, मधुमेह ९सुगर०, थाइराइड र रक्तचापका जाँच गरिएको थियो भने केही औषधीसमेत निशुल्क वितरण गरिएको थियो ।

सो अवसरमा सुडी समाज काठमाडौंका अध्यक्ष एवम् दन्तरोग चिकित्सक अशोक महासेठले सामान्य खर्चको अभावमा उपचार गर्न नपाएका नागरिकलाई लक्षित गरी शिविर सञ्चालन गरिएको उललेख गर्दै हाम्रो समुदायमा धेरै नागरिक सामान्य उपचार खर्च समेत नपाएर रोग पालेर बस्न बाध्य छन् । त्यस्ता नागरिकका लागि शिविरले सहयोग पु¥याएको बताउनुभयो ।

किवनिज क्लब अफ नेपालका गर्भनर एकराज पन्तले गरिब नागरिकको स्वास्थ्य सेवामा पहुँच पुराउने उद्देश्यले शिविरको आयोजना गरिएको जानकारी दिनुभयो ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

छुटाउनु भयो कि?

>