Breaking News

चितवनमा थप ३४ जनामा कोरोना संक्रमण, सक्रिय संक्रमितको संख्या ३८४ पुग्यो

Banner

चितवन, असोज २३-

चितवनमा विगत २४ घण्टामा ३४ जना कोरोना संक्रमित थपिएका छन् ।

स्वास्थ्य कार्यालय चितवनका अनुसार भरतपुर महानगरपालिकामा २९ जना, खैरहनी नगरपालिकामा एक जना, रत्ननगर नगरपालिकामा एक जना, राप्ती नगरपालिकामा एक जना र कालिका नगरपालिकामा दुई जना संक्रमित थपिएका हुन् ।

यो सँगै चितवनमा सक्रिय संक्रमितको संख्या ३८४ जना पुगेको छ । जसमध्ये ३५८ जना घरमा आइसोलेसनमा छन् भने अस्पतालको आइसोलेसनमा ३६ जना रहेका छन् । विगत २४ घण्टामा एक जनाको मृत्यु भएसँगै चितवनमा कोरोनाको कारणले ज्यान गुमाउनेहरुको संख्या ४२१ जना पुगेको छ ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>