चितवन विशेष

चितवनमा विभिन्न पार्टीका जिल्लास्तरीय नेतासहित ४५ जना एमालेमा प्रवेश

Banner

चितवन, असोज २३-

राप्ति नगरपालिकामा शनिबार विभिन्न पार्टी परित्याग गरी ४५ जना नेकपा एमालेमा प्रवेश गरेका छन् ।

एमाले पार्टी प्रवेश गर्नेहरुमा नेकपा माओवादी क्रान्तिकारी जिल्ला उपाध्यक्ष, नेकपा माओवादी केन्द्रका नेता, वाईसीएल, एकीकृत समाजवादीका वडा सदस्यहरु, नेपाली कांग्रेसका कार्यकर्ता रहेका छन् ।

नेकपा एमाले राप्ती वडा नम्वर २ वडा कमिटीले गरेको शुभकामना आदान प्रदान कार्यक्रममा उनीहरु एमाले प्रवेश गरेका हुन् ।

नेकपा माओवादी क्रान्तिकारी जिल्ला उपाध्यक्ष शिवराज कँडेल, राप्ती २ वाईसीएल सहइन्चार्ज सागर चाम्लिङ राई, एकीकृत समाजवादी वडा नम्वर २ युवा संघ अध्यक्ष यहुन्ना स्यानतान , नेकपा माओवादी केन्द्र राप्ती २ वडा सदस्य राजन घिमिरे र सुरज विश्वकर्मा, समाजवादीका वडा सदस्यहरु पुकार राई, पवन राई, प्रसुन राई, कांग्रेस प्रतिनिधि रमा उप्रेती बन्जरालगायत एमाले प्रवेश गरेका हुन् । उनीहरुलाई नेकपा एमाले स्थायी कमिटी सदस्य एवम् पूर्व अर्थमन्त्री सुरेन्द्र पाण्डे, नेकपा एमाले वागमती प्रदेश कमिटी सदस्य एवम् पूर्वमन्त्री दावा लामाले टीका लगाएर पार्टीमा स्वागत गरे । वडा कमिटी अध्यक्ष दुर्गाबहादुर सारुको अध्यक्षतामा भएको कार्यक्रममा नेकपा एमाले वागमती प्रदेश कमिटी सदस्यहरु इमानसिंह लामा, गोविन्द कँडेल, प्रभा बराल, श्यामलाल विश्वकर्मा, राप्ती २ वडाध्यक्ष श्यामसुन्दर उप्रेती, युवा नेता कमल पाठक, महिला नेतृहरु पुष्पा कुँवर, दिलकुमारी थिंङ, आइतीमाया दराई ,युवा नेता निर्देशन त्रिपाठीलगायतको उपस्थिति रहेको थियो ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>