अटो

सुजुकीको शाखा पूर्वी चितवनको खैरहनीमा

Banner

चितवन, असोज २२–

सुजुकी फोर ह्वीलर्सको चितवनको लागि आधिकारीक विक्रेता जेपी मोटोकर्पले जिल्लामा शाखा विस्तार गरेको छ ।

पूर्वी चितवन खैरहनी नगरपालिकास्थित पर्सा बजारमा सुजुकीको शाखा विस्तार गरिएको हो । पूर्वी क्षेत्रका ग्राहकलाई ध्यानमा राखेर पर्सा बजारमा शाखा विस्तार गरिएको जेपी मोटोकर्पका प्रवन्ध निर्देशक निर्देशक प्रतिक श्रेष्ठले जानकारी दिनुभयो । ‘हाम्रा धेरै ग्राहकहरु पूर्वी क्षेत्रका पनि हुनुहुन्छ, सबैको सहजताका लागि शाखा विस्तार गरेका हौं’–प्रवन्ध निर्देशक श्रेष्ठले भन्नुभयो ।

अहिले पर्सा शाखाबाट सुजुकीका सबै मोडलका गाडीहरु विक्री हुन्छ । तर तत्काल सर्भिसका लागि भने ग्राहकहरु भरतपुरमै पुग्नुपर्ने हुन्छ । ‘अहिले पर्सा शाखाबाट विक्री मात्रै हुन्छ, हामी सर्भिसको व्यवस्था पनि गर्नेछौं–जेपी मोटोकर्पका निर्देशक जेम्स महतोले भन्नुभयो ।

चितवनमा पछिल्ला वर्षहरुमा सुजुकीको गाडीहरु अत्याधिक ग्राहकले रुचाउन थालेका छन् । देशभरका शाखा मध्ये चितवन शाखा उत्कृष्ट हुँदै आइरहेको छ । सुजुकीका १५ वटा मोडलका सवारी साधनहरु छन् । अहिले नेपालीहरुको महान् चाड बडा दशैं लक्षित नगद छुटको समेत घोषणा गरिएको छ ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>