Breaking News
चितवनमा सात जनाको समूहमाथि बाघको आक्रमण, एक जनाको मृत्यु
०

चितवन, असोज १९-
चितवनको खैरहनी नगरपालिका–१३ को कुमरोज सामुदायिक वनमा घास काट्न गएका सात जनाको समूहमाथि बाघले आक्रमण गर्दा एक जनाको मृत्यु भएको छ ।
कुमरोज सामुदायिक वनमा आज दिउँसो घाँस काट्न गएका खैरहनी नगरपालिका– १३ सिम्रेनीका २५ वर्षीय दिनेश बोटेलाई बाघले आक्रमण गरेर ज्यान लिएको पत्रकार ध्रुवराज खनालले नारायणी अनलाइनलाई जानकारी दिए । बोटेलाई बाघले लगेको देखेको उनीसँगै जंगल गएका स्थानीयले बताएका छन् । अहिले १० वटा हात्तीसहित नेपाली सेना, प्रहरी र स्थानीयले उनको शव खोजिरहेका छन् । स्थानीयका अनुसार बोटेलाई आक्रमण गरेपछि उनीसँगै घाँस काट्न गएका अन्य साथीहरू भने भाग्न सफल भएका छन् ।
इलाका प्रहरी कार्यालय खैरहनीले पनि घटनाको पुष्टि गर्दै त्यसतर्फ प्रहरी टोली परिचालन गरिएको जनाएको छ ।
तपाइको प्रतिक्रिया दिनुहोस्
Leave a Reply
सम्बन्धित समाचार
लोकप्रिय समाचार
छुटाउनु भयो कि?
>
























