देश/प्रदेश

कांग्रेस दोलखाको सभापतिमा लामा निर्वाचित

Banner

दोलखा, असोज १९–

नेपाली कांग्रेस दोलखाको सभापतिमा बर्मा लामा निर्वाचित भएका छन्।

दोस्रो चरणमा सोमबार भएको मतदानमा बर्माले ८७७ मत ल्याएर सभापति जितेका हुन्। उनी वरिष्ठ नेता रामचन्द्र पौडेलनिकट मानिन्छन्।

सभापतिका अर्का उम्मेदवार तारा खड्काले ४८५ मत मात्रै ल्याएका थिए भने ११ मत बदर भएको थियो। खड्का पूर्वमहामन्त्री कृष्णप्रसाद सिटौला निकट हुन्। दोस्रो चरणमा भएको मतदानमा कूल १३७३ मत खसेको थियो।

सभापतिका अर्का उम्मेदवार रूद्रबहादुर खड्का भने पहिलो चरणबाटै बाहिरिएका थिए। सभापति शेरबहादुर देउवानिकट खड्का तेस्रो भएका थिए।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>