Breaking News

मन्त्रीले स्वागत खाने मात्र होइन, काम गरेर मन जित्नुपर्छः योजना आयोग उपाध्यक्ष पौडेल

Banner

चितवन, असोज १८-

राष्ट्रिय योजना आयोगका उपाध्यक्ष डा विश्वनाथ पौडेलले विकासमा राजनीति गर्न नहुने बताएका छन् ।

रत्ननगर उद्योग वाणिज्य संघको सोमबार आयोजित २२ औं वार्षिक साधारण सभालाई सम्बोधन गर्दै पौडेलले जनताको मत खाएर निर्वाचित भएका नेताहरुले विकासको कामलाई प्राथमिकता दिनुपर्ने बताएका हुन् ।

काम गर्नकै लागि जनताले जिताएका हुन्छन् योजना आयोग उपाध्यक्ष पौडेलले भने, ‘राजनीतिसँगै विकासका काम पनि गर्नुपर्छ ।’ उनले पूर्वाधार निर्माणलाई मात्र विकास नभनी शिक्षा र स्वास्थ्यमा परिवर्तन ल्याउनु पर्ने बताए । मन्त्री भएपछि स्वागत खाने चलन रहेको भन्दै उनले काम गरेर जनताको मन जित्नुपर्ने औल्याए । बकुलहर रत्ननगर अस्पताल स्तरोन्नति मात्र भएको तर सरकारबाट आवश्यक सहयोग नपाएको यहाँका सरोकारवालाहरुको भनाइ सुनिसकेपछि योजना आयोग उपाध्यक्ष पौडेलले मन्त्रीले सम्मान मात्र खाने नभई आवश्यकता परिपूर्तिमा ध्यान दिनुपर्ने बताए । सो अस्पताल स्तरोन्नति भएको तर आवश्यक दरबन्दी, भौतिक संरचनालगायतमा सहयोग नपाएको कार्यक्रममा बोल्ने सहभागीहरुले बताएका थिए ।

रत्ननगर उद्योग वाणिज्य संघका अध्यक्ष अनिलकृष्ण श्रेष्ठको अध्यक्षतामा भएको कार्यक्रममा वागमती प्रदेश सभा सदस्य कञ्चन खनाल, जिल्ला समन्वय समिति चितवन प्रमुख कृष्णकुमार डल्लाकोटी, रत्ननगर नगरपालिका मेयर नारायण वन, चितवनका प्रमुख जिल्ला अधिकारी आस्मान तामाङ, नेपाल उद्योग वाणिज्य महासंघ वाग्मती प्रदेश अध्यक्ष दिलसुन्दर श्रेष्ठ, नेपाल उद्योग वाणिज्य महासंघका केन्द्रीय सदस्य सहनलाल प्रधान, उद्योग वाणिज्य संघ चितवन वरिष्ठ उपाध्यक्ष चुननारायण श्रेष्ठ, चितवन उद्योग संघका उपाध्यक्ष गजेन्द्र अधिकारी, रत्ननगर उद्योग वाणिज्य संघका संस्थापक अध्यक्ष रामशरण पाठक, संघका वरिष्ठ उपाध्यक्ष शंकर श्रेष्ठले मन्तव्य राखेका थिए । साधारण सभामा संघका महासचिव निराजन खनालले वार्षिक प्रगति प्रतिवेदन प्रस्तुत गरेका थिए ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>